एजेन्सी : अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् ।
विश्वविद्यालय प्रहरीका अनुसार सोमबार बिहान विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । अभियुक्तको खोजी भइरहेको छ ।
विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेको थियो । गोलीकाण्डबारे जानकारी प्राप्त हुनेबित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारीसाधन विश्वविद्यालय पुगेका थिए ।











प्रतिक्रिया दिनुहोस