आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बुर्किना फासोमा दुई चरमपन्थी आक्रमणमा ४४ जनाको मृत्यु

एपी खबर २०७९ चैत्र २६, आईतबार ( २ साल अघि) १६८ पाठक संख्या

एजेन्सी : उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ। एक अधिकारीले ४४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।दुई हमला नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा भएका थिए।

 

कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ। अधिकारीहरूले यसको लागि ‘सशस्त्र आतंकवादी समूह’ लाई दोष दिएका छन्।चरमपन्थी संगठन अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थी समूहहरू यस क्षेत्रमा सक्रिय छन्।सहेल क्षेत्रका लेफ्टिनेन्ट गभर्नर रोडोल्फो सर्गोले घृणित र बर्बर आक्रमणका लागि जिम्मेवार आक्रमणकारीहरूलाई निष्पक्ष पारिएको बताए।

 

यस हमलामा गाउँका धेरै मानिस घाइते भए पनि उनीहरुको संख्या भने खुल्न सकेको छैन। लेफ्टिनेन्ट गभर्नरले क्षेत्रमा स्थायित्व ल्याउन प्रयास भइरहेको जानकारी दिए।गाउँका एक बासिन्दाले धेरै संख्यामा आतंककारीहरू गाउँमा प्रवेश गरेको रातभर बन्दुक चलाएको ‍एएफपी समाचार एजेन्सीले उल्लेख गरेको छ।एएफपीले केही दिनअघि गाईवस्तु चोर्न खोजेका दुई जिहादीहरूको हत्यापछि यी आक्रमणहरू भएको रिपोर्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस