आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा चामल मिलको भवन भत्किँदा ४ जनाको मृत्यु

एपी खबर २०८० बैशाख ५, मंगलबार ( २ साल अघि) १७७ पाठक संख्या

एजेन्सी – भारत हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ । घटनामा अरु २० जना घाइते भएका छन् । सोमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ ।

 

भवन निर्माणमा संरचनागत त्रुटी देखिएको बताउँदै कर्नाल प्रहरीका उपप्रमुख अनिश यादवले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन् । साथै उनले मिलका मालिकालाई कानूनी कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । राष्ट्रिय प्रकोप प्रतिकार्य कार्यदल र राज्य विपद् प्रतिकार्य कोषका अधिकारी पनि घटनास्थल पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस