आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

दन्तेवाडा नक्सल आक्रमणमा सुरक्षाकर्मीसहित ११ को ज्यान गुम्यो

एपी खबर २०८० बैशाख १३, बुधबार ( २ साल अघि) १०७ पाठक संख्या

एजेन्सी :भारत छत्तीसगढको दन्तेवाडामा माओवादी आक्रमणमा १० सुरक्षाकर्मी र एक चालक गरी ११ को मृत्यु भएको छ। प्रहरी अधिकारीहरुका अनुसार बुधबार दिउँसो डिस्ट्रिक्ट रिजर्ब गार्ड बोकेर हिँडिरहेको गाडीमा नक्सलवादीले आक्रमण गर्दा ११ को ज्यान गुमेको हो।

 

नक्सलवादीहरुले सुरक्षाकर्मीहरु चढेको गाडीमा बम फ्याँकेका थिए।छत्तीसगढको राजधानी रायपुरभन्दा ४५० किलोमिटर टाढा उक्त घटना भएको हझ।छत्तीसगढका मुख्यमन्त्री भुपाल बघेललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेअनुसार ती सुरक्षाकर्मीहरु नक्सलबिरोधी अपरेसनका लागि उक्त क्षेत्रमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस