आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु

एपी खबर २०८० बैशाख २०, बुधबार ( २ साल अघि) ११८ पाठक संख्या

काठमाडौँ- चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ ।चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

प्रारम्भिक रिपोर्टमा घटनामा पाँच जनाको मृत्यु भएको बताइएपनि पछि थप चार जनाको शव फेला परेको सिन्ह्वाले जनाएको छ ।उद्धार कार्य जारी छ र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।एक जना घाइतेलाई तत्काल अस्पताल लगिएको छ र विस्फोटका कारण लागेको आगो निभाइएको छ । हराइरहेका एक व्यक्तिको खोजी जारी छ । यो प्लान्ट चीनको सरकारी स्वामित्वको समूह सिनोकेमको एक भाग लुक्सी केमिकल ग्रुपले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस