एजेन्सी: पेरुको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ ।
सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन टेलिभिजनलाई दिएको जानकारीअनुसार खानीभित्र २७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी सुरु भएको हो ।प्रहरीले मृतकको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर प्रकाशित गरेको हो । उद्धार टोलीले मृतकको शव निकाल्नुअघि खानीलाई सुरक्षित बनाउने प्रयास गरिरहेका बताइएको छ ।माटोसले भने, ‘हामीले मृतकहरू सुरक्षित भएको ठाउँ बनाउनुपर्छ ताकि हामी त्यहाँ पस्न र शवहरू निकाल्न सक्छौँ ।’











प्रतिक्रिया दिनुहोस