आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एपी खबर २०८० बैशाख २६, मंगलबार ( २ साल अघि) ११४ पाठक संख्या

एजेन्सी— पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान पक्राउ परेका छन् । उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

 

तेहरिक-ए-इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन् । पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् । ‘इमरान खानको गाडी घेरिएको छ‚’ उनले ट्विटरमा लेखेका छन् ।उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस