आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा कम्तिमा १० जनाको मृत्यु

एपी खबर २०८० बैशाख २८, बिहिबार ( २ साल अघि) १२२ पाठक संख्या

इस्लामावाद – पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन्। झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन्।

 

नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार घाइते हुनेमा एक हजार ३९३ सर्वसाधारण र ३५७ प्रहरी रहेका छन्। खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका कार्यकर्ताहरु पार्टी नेता पक्राउ परेपछि सडकमा उत्रिएका थिए।

 

राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले खानलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा लिएको थियो।देशको सङ्घीय सरकारले राजधानी इस्लामाबाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तका प्रमुख शहरहरूमा प्रदर्शनकारीहरूलाई रोक्न र कानून र व्यवस्था सुनिश्चित गर्न सेना तैनाथ गरेको छ।

प्रतिक्रिया दिनुहोस