आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

दुई दिन हिरासतमा रही लाहोर फर्किए इमरान खान

एपी खबर २०८० बैशाख ३०, शनिबार ( २ साल अघि) ११७ पाठक संख्या

एजेन्सी: पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफ पार्टीका प्रमुख इमरान खान दुई दिन हिरासतमा रहेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुगेका छन्।इस्लामाबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको छ।

 

जमानत पाएपछि पनि इमरान खान केही घण्टा उच्च अदालत परिसरमै बसेका थिए।एक भिडियो सन्देशमा इमरान खानले अदालतमा तीन घण्टासम्म बन्धक बनाएको र विभिन्न बहाना बनाएर बाहिर निस्कन नदिइएको बताएका छन्।यसैबीच, इस्लामाबाद प्रहरीले ट्वीट गर्दै इमरान खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुने दाबी गरेको छ।

 

इस्लामावाद क्यापिटल प्रहरीका प्रवक्ताका अनुसार इस्लामावाद क्यापिटल पुलिसले उच्च न्यायालय र सर्वोच्च अदालतको आदेशमा इमरान खानलाई पूर्ण सुरक्षा प्रदान गरेको थियो।यो हप्ता इमरान खान भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि पाकिस्तानभर हिंसाका घटनाहरू भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस