आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुग्यो, अझै बढ्न सक्ने अनुमान

एपी खबर २०८० जेष्ठ ५, शुक्रबार ( २ साल अघि) १२४ पाठक संख्या

एजेन्सी: म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ। सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५ जनाको मृत्यु भएको हो।’

 

म्यानमामा आइतबार भीषण चक्रवात मोचा आएको थियो। अल्पसंख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा यसले बढी क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस