आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मेक्सिकोमा गोली चल्दा १० जनाको मृत्यु, ९ घाइते

एपी खबर २०८० जेष्ठ ७, आईतबार ( २ साल अघि) १०१ पाठक संख्या

मेक्सिको- मेक्सीकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकामाथि सशस्त्र हमला गरेको छ ।गैर व्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

 

बाजा क्यालिफोर्नियाको एन्सेनाडामा राजमार्गको छेउमा पार्किङ गरेका कार दौडका सहभागीहरूलाई गाडीबाट बाहिर निकालेर एक समूहले गोली प्रहार गरेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मिलेनियो अखबारले जनाएको छ । घटनाको सुरक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस