आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रूसको पछिल्लो आक्रमणबाट तीन जनाको मृत्यु, १० घाइते

एपी खबर २०८० जेष्ठ १९, शुक्रबार ( २ साल अघि) १३१ पाठक संख्या

एजेन्सी – रुसले बिहीबार युक्रेनको राजधानी किभमा हवाई आक्रमण गरेको छ। जसमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

 

गत मे महिनामा कीभमा १७ ड्रोन र मिसाइल हमला गरेको रुसी सेनाले राजधानीमा बिहानैदेखि जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार सुरू गरेको थियो। पछिल्लो आक्रमणमा परेर अपार्टमेन्ट भवन, एउटा मेडिकल क्लिनिक, पानीको पाइपलाइन र कारहरूमा पनि क्षति पुगेको छ।

 

युक्रेनका जनरल स्टाफले रुसी सेनाले गरेको आक्रमणमा प्रयोग गरिएका १० वटा मिसाइललाई भने वायुसेनाले रोकेको बताए। क्षेप्यास्त्रहरूलाई छोटो दूरीको इस्कन्डर क्रुज र ब्यालिस्टिक मिसाइलको रूपमा पहिचान गरिएको थियो।

 

युक्रेनको वायु रक्षा प्रणाली रुसी ड्रोन र क्षेप्यास्त्रको आक्रमणलाई विफल पार्न थप प्रभावकारी साबित भइरहेको छ। तर, पनि रूसी हतियार भग्नावशेष भवनहरूमा खस्दा तीनजनाले ज्यान गुमाउनु परेको छ।किभमा यसअघि पनि तीन जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस