आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु

एपी खबर २०८० अषाढ १, शुक्रबार ( २ साल अघि) १२५ पाठक संख्या

एजेन्सी – क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् । क्यानडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको कारबेरी नजिकै एउटा ठूलो सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो ।जानकारीका अनुसार अपाङ्गता भएका व्यक्ति बोकेको एउटा सानो ट्रक र विशेष गाडी एक आपसमा ठोक्किएको हो ।

 

‘पन्ध्र जनाको मृत्यु भएको पुष्टि भएको छ,’ प्रहरीले भन्यो, ‘जबकि अन्य १० जनालाई विभिन्न चोटपटक अस्पताल लगिएको थियो। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।’क्यानडाकी नेता हेदर स्टेफेन्सनले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले ट्वीट गर्दै भनेकी छिन, ‘यो दुर्घटनाले मेरो मुटु भाँचिएको छ ।’दुर्घटनास्थल नजिकै सडकको छेउमा रहेको होटल रेष्टुरेन्टमा काम गर्ने निर्मेश वडेराले सो घटना दिउँसो भएको बताए ।

 

उनले भने, ‘आजसम्म कुनै गाडीमा यस्तो भीषण आगलागी भएको देखेको छैन ।’ उनका अनुसार सडक दुर्घटनापछि सेमी ट्रक सडक छेउमा खसेको र अर्को गाडीमा आगो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस