आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु

एपी खबर २०८० अषाढ १९, मंगलबार ( २ साल अघि) १३२ पाठक संख्या

एजेन्सी – अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु भएको छ । पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियास्थित फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको हो । गोली लागेर चार जना घाइते भएका छन् ।

 

प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारीलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आक्रमणकारीको पहिचान खुलाउन चाहेको छैन ।घटनापछि प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस