आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बंगलादेशको बूढीगंगा नदीको केरानीगञ्जको तेलघाट क्षेत्रमा पानी बस पल्टिँदा चार जनाको मृत्यु

एपी खबर २०८० श्रावण १, सोमबार ( २ साल अघि) १४४ पाठक संख्या

एजेन्सी: बंगलादेशको ढाका नजिक बूढीगंगा नदीमा रहेको केरानीगञ्जको तेलघाट क्षेत्र नजिक पानी बस पल्टिँदा चार जनाको मृत्यु भएको छ। प्राप्त जानकारीका अनुसार आइतबार राति करिब ८ः१५ बजे ढाकाको सदरघाटबाट तेलघाटतर्फ जाँदै गरेको वाटरबस बालुवाको ढिस्कोमा ठोक्किए पछि उक्त घटना भएको हो। दमकलको तीन वटा युनिट र कोस्ट गार्डको उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो।

 

 

उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन्। ढाका ट्रिब्यूनले फायर सर्भिसका अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ कि चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनाको समयमा जहाजमा रहेका आठ जनालाई उद्धार गरिएको छ। तर, जहाजमा सवार धेरै यात्रु अझै बेपत्ता छन्। उद्धार गरिएका आठ जनामा ​​चार पुरुष, तीन महिला र एक बालबालिका रहेका छन्। सर सलिमुल्लाह मेडिकल कलेज अस्पतालका निर्देशक ब्रिगेडियर जनरल रसिद अन नाबीले मृतकको शव सार्ने प्रक्रिया जारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस