आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिभुवन विमानस्थलमा सय किलो सुन बरामद

एपी खबर २०८० श्रावण ३, बुधबार ( २ साल अघि) ५६९ पाठक संख्या

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद गरेको छ।विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका ठूलो परिमाणमा सुन बरामद भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

 

 

बुधबार रातिसम्म अपरेसन जारी रहेकाले सुनको परिमाण यकिन भइसकेको छैन। यद्यपि त्यो १०० किलोभन्दा बढी रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।दिउँसो नै भन्सार पास भएको सुन हङकङबाट क्याथे प्यासिफिक एअरलाइन्सको विमानमा स्कुटरको ब्रेक सुमा फिट गरेर ल्याइएको थियो ।

 

विभागले सुन सहितको ब्रेक सु लुकाई राखेका दिलिप भुजेललाई पक्राउ गरेको छ । बरामद सुनको मूल्य एक अर्बभन्दा बढी पर्न आउँछ।

प्रतिक्रिया दिनुहोस