आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सुडानको खार्तूममा भएको हवाई आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु

एपी खबर २०८० श्रावण १०, बुधबार ( २ साल अघि) १२३ पाठक संख्या

एजेन्सी– सुडानको खार्तूममा भएको हवाई आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको छ ।खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा सर्वसाधारणको घरमा गोलाबारी भएको र कम्तीमा १६ जना नागरिकले ज्यान गुमाएका नेइवरहुड समूहलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

 

 

ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । हताहती र थप क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्‍यापिड फोर्स (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच गएको अप्रिल १५ देखि लडाइँ शुरु भएको थियो । सुडानमा दुई पक्षबीच शुरु भएको लडाइँको सय दिन बितेको छ ।

प्रतिक्रिया दिनुहोस