आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अल्जेरियामा डेढेलोमा परी ४० भन्दा बढीको मृत्यु

एपी खबर २०८० श्रावण १०, बुधबार ( २ साल अघि) १३७ पाठक संख्या

एजेन्सी: भुमध्यसागरको जंगली क्षेत्रमा लागेको भिषण आगोले गाउँ र रिसोर्टहरू समेत जल्दा‍ ४० भन्दा बढी मानिसको ज्यान गएको छ। जसमध्ये अधिकांश अल्जेरियाका नागरिकहरू रहेका छन्। साथै हजारौँ ब्यक्तिहरू विस्थापित भएका छन्।अत्याधिक गर्मीका कारण ग्रिस, ट्युनिसिया, अल्जेरीया, इटालि तथा फ्रान्सका केही भागमा भिषण आगलागि भइरहेको छ। आगो अझै फैलिरहेको भन्दै ग्रिसले उद्दारमा हेलिकोप्टर परिचालन गरेको छ। उसको कोर्फु र इभिया टापु सर्वाधिक प्रभावित भएका छन्। ग्रिसका केही भागको तापक्रम ४४ डिग्रीमाथि पुगेको छ।

 

इटालीले आगलागीका कारण सिसिलीमा रहेको पालेर्मो विमानस्थल बन्द गरेको छ। तीब्र हावा र अत्याधिक गर्मीका कारण आगो फैलिरहेको अधिकारीहरूले जनाएका छन्। हावाको बेग उच्च हुँदा आगो नियन्त्रणकर्मीहरूलाई पनि मुस्किल परिरहेको जनाइएको छ।सर्वाधिक प्रभावित बनेको अल्जेरियाको पूर्वी तटीय क्षेत्र बेजियाका रहेका छन्। जहाँ ३४ जनाको मृत्यु भएको थियो जसमध्ये १० शैनिकहरू रहेका छन्। उनीहरू आगोको घेरामा परेका थिए।

 

अल्जेरियाका अधिकारीहरूले ८० प्रतिशत आगो नियन्त्रणमा लिएको दाबी गरेका छन्। यद्यपि, सर्वाधिक ठूलो आगो भने नियन्त्रणमा लिन नसकिएको बताए। आगो निभाउनका लागि ८ हजार कर्मचारीहरू, सयौँ दमकल र ट्रकहरु तथा विमानहरु परिचालन गरिएको जनाइएको छ।ट्युनिसिया तथा ग्रिस, इटाली लगायतका देशले पनि प्रभावित क्षेत्रका आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन्।

प्रतिक्रिया दिनुहोस