आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु

एपी खबर २०८० श्रावण १४, आईतबार ( २ साल अघि) १२४ पाठक संख्या

एजेन्सी – भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । शनिबार प्रदर्शनकाक्रममा अत्यधिक भोल्टेजको तारमा छोइँँदा चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ ।

 

 

इस्लामी क्यालेन्डर अनुसार अहिले मुहर्रम महिनामा पर्छ । यो संसारभरका शियाहरूको लागि सबैभन्दा पवित्र समय हो । मुहर्रममा सातौं शताब्दीमा पैगम्बर मुहम्मदका नाति हुसेनको शहादतको प्रतीकको रूपमा ठूलो आशुरा जुलुस निस्कन्छ ।

 

 

बोकारो जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट प्रियदर्शी आलोकले बताएअनुसार पूर्वी राज्य झारखण्डमा केही भक्तजनले बोकेको धातुको खम्बामाथिको केबलमा ठोक्किँदा एक जुलुसका सदस्यको मृत्यु भएको हो ।

 

 

“उक्त घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्,” उनले भने ।भारतमा गर्मी याममा पानी जमेर करेन्ट लाग्ने र यसका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेका छन् । भारतमा हरेक वर्ष करेन्ट लागेर करिब ११ हजार मानिसको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस