आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बेइजिङमा बाढीः अहिलेसम्म २० जनाकाे मृत्यु

एपी खबर २०८० श्रावण १७, बुधबार ( २ साल अघि) १४० पाठक संख्या

एजेन्सी: चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन्। मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ।

 

सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार अगस्ट १ मा भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताएको छ। यससँगै अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ। साथै,उनीहरूलाई सामग्री पुर्‍याउन सैन्य हेलिकप्टरहरू तैनाथ गरिएको छ।चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बाढीको पानीले मानिसको घर भरिएको छ र हजारौं मानिस प्रभावित भएका छन्।

 

उसका अनुसार बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखि भारी वर्षा सुरु भएको थियो, जुन करिब ४० घण्टासम्म चलेको थियो। अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ।राजधानी बेइजिङमा सडकहरु खोला जस्तै देखिन थालेका छन्। ग्लोबल टाइम्सले मंगलबार आफ्नो रिपोर्टमा हालसम्म २० जनाको मृत्यु भएको र १९ जना बेपत्ता रहेको बताएको छ। बेपत्ता भएकाहरुको खोजी कार्य व्यापक रुपमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस