आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रुसमा विमान दुर्घटना हुँदा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु

एपी खबर २०८० भाद्र ७, बिहिबार ( २ साल अघि) १४२ पाठक संख्या

एजेन्सी : रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ ।रुसको नागरिक उड्डयन एजेन्सीका अनुसार विमानमा सवार सबैको मृत्यु भएको छ। विमान राजधानीबाट करिब ३०० किलोमिटर उत्तरमा टभर क्षेत्रको कुझेनकिनो गाउँ नजिकै दुर्घटना भएको हो।

 

जहाजमा तीन जना चालक दलका सदस्यसहित १० जना सवार थिए। प्रारम्भिक जानकारीका अनुसार जहाजमा सवार सबैको मृत्यु भएको छ,’ रुसको आपत्कालीन अवस्था मन्त्रालयले भनेको छ।यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन ।रुसको संघीय हवाई यातायात एजेन्सी रोसाभिएट्सियाले प्रिगोजिन र वाग्नर समूहका कमाण्डर दिमित्री उटकिनसहित सात यात्रुहरूको नाम प्रकाशन गरेको छ।

प्रतिक्रिया दिनुहोस