आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको घरमा आगलागी हुँदा १५ जनाको मृत्यु

एपी खबर २०८० भाद्र १४, बिहिबार ( २ साल अघि) १४२ पाठक संख्या

एजेन्सी : फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको एक घरमा बिहीबार आगलागी हुँदा तीन वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।स्थानीय अग्नि नियन्त्रक वरिष्ठ सुपरिटेन्डेन्ट अरस्तु बानागाले एक पत्रकार सम्मेलनमा मनिलास्थित दुई तले भवनमा स्थानीय समयअनुसार बिहान पाँच बजे आगलागी भएको जानकारी दिए ।

नगरप्रमुख जोय बेलमोन्टेका अनुसार आगलागीको समयमा १८ जना घरभित्र थिए । उक्त आगलागीमा परेका तीन जनाले भागेर ज्यान बचाएका तर बाँकीको मृत्यु भएको उनको भनाइ छ । मृत्यु हुनेमा घर र कारखानाका मालिक परेका बताइएको छ ।सामाजिक सञ्जालमा सार्वजनिक गरेको आगोको भिडियो फुटेजमा एउटा आवासीय क्षेत्रमा रहेको काठ र कङ्क्रिटले बनेको भवनमा आगोको ज्वाला लागेको देखिएको छ ।

 

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बानागाले बताए।उक्त भवनमा जुत्ता र ब्यागको व्यापारका लागि व्यवसायिक स्वीकृति दिइएको थियो तर उक्त स्थानलाई टिसर्ट बनाउन र प्रिन्ट गर्न प्रयोग गरिएको अधिकारीहरूले बताएका छन् । यसमा तीन जना मात्र घोषित कर्मचारी थिए ।

 

प्रतिक्रिया दिनुहोस