आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारत द्वारा सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात

एपी खबर २०८० भाद्र १७, आईतबार ( २ साल अघि) १५८ पाठक संख्या

भारत : भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरे‍को छ।चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण सुरु गरेको हो।आदित्य-एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिवार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार बिहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो।

 

श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ। यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दूरी पार गर्ने छ, जुन पृथ्वी र सूर्यको दूरीको १ प्रतिशत हो।भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्नेछ ।लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ। यहाँ एक किमिसको न्युट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ।

प्रतिक्रिया दिनुहोस