आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको मृत्यु

एपी खबर २०८० भाद्र १९, मंगलबार ( २ साल अघि) १६० पाठक संख्या

पाकिस्तान : पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गएको छ । नौसेनाको हेलिकप्टर बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानका क्रममा हिजो दुर्घटना भएको थियो ।नौसेनाको हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटना भएको सेनाको प्रारम्भिक अनुसन्धानले जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । इन्जिनमा आगो लागेको थियो ।

 

गएको वर्ष सेप्टेम्बरमा खोस्टमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको ज्यान गएको थियो भने एक महिनाअघि पनि बलुचिस्तानमा बाढीपीडितको उद्धार तथा राहतमा परिचालित सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना वरिष्ठ सैनिकका साथै अन्य ६ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस