आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इस्तानाबुलमा भीषण वर्षाका कारण दुईको मृत्यु, १२ घाइते

एपी खबर २०८० भाद्र २१, बिहिबार ( २ साल अघि) १३० पाठक संख्या

एजेन्सी- टर्कीको ठूलो शहर इस्तानाबुलमा भीषण वर्षाका कारण दुई जनाका मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बुधबार शहरको उत्तरी क्षेत्रमा राति करिव ९ बजेबाट मुसलधारे पानी परेको थियो । सरकारी कार्यालयले बासाकसेहिर जिल्लमा एक गिनी नागरिकको मृत्यु भएको बताएको हो ।

 

कुकुकेकमेसे जिल्लमा एक टर्की नागरिकको मृत्यु भएको बताइएको छ । अन्य १२ जना घाइतेहरुको भने अस्पतालमा उपचार भइरहेको छ । बाढीका कारण हजारौँ घर र पसल बगाएको छ । केही मानिस बेपत्ता भएको बताइएको छ । प्रभावित स्थानीयहरुलाई सरकारी आवासमा राखिएको छ । उत्तरपश्चिमी टर्कीमा मंगलबार बिहानदेखि नै भारती वर्षा भइरहेको छ । किर्कलारेली प्रान्तमा आएको बाढीमा मृत्यु हुनेको संख्या भने तीन पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस