आज:  २०८२ मंसिर ३०, सोमबार | Mon, 15, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

लोप हुँदै गएको किङ कोब्रा सर्प एकै दिन २ वटा घर बाट भेटियो

अखिलेश कुमार यादव २०८० भाद्र २२, शुक्रबार ( २ साल अघि) १७३ पाठक संख्या

बारा : तराईमा गर्मी बढे संगै अहिले सर्पको बिगबिगी बढेको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ६ निवासी दिपक नेपाल अहिले सर्पलाई उदार गर्नमा दैनिक ब्यस्त देखिन्छ।उनी बिहान न बेलुका न राती जति खेर फोन आयो त्यति खेर नै आफ्नो साईकल निकालेर सर्पको उदारको लागि पुग्ने गरेको छ।

 

गर्मी बढे संगै अहिले बाराको जीतपुरसिमरा बाट नै दिपक नेपालले दैनिक ७ देखि १० वटा बिषालु सर्पको उदार गर्नु हुन्छ। बिश्वमा नै लोप हुँदै गएको एक दमै बिषालु सर्प मध्य एक किङ कोब्रा एकै दिन २ वटा भेटिएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १६ र वडा न ३ बाट दिपक नेपालले बिहिवार २ वटा किङ कोब्रा सर्पको उदार गरेर पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलमा छोडेको छ।

 

हलखोरिया साझेदारी वनको कर्मचारी र नेपाल प्रहरीले किङ कोब्रालाई समाउन न सकेपछि आफुलाई बोलाएको र आफू त्यहाँ पुगेर २ वटै सर्पको सकुशल उदार गरेको सर्प रक्षक दिपक नेपालले एपिखबरलाई बताए ।गर्मीको बढे संगै सर्पहरु दुलो बाट बाहिर निस्किने गरेको समेत उनले बताए।सर्प देखिने बितिकै त्यो सर्पले टोकछ भनेर सर्पलाई केही मान्छेहरुले मार्ने गरेकोले सर्पले टोक्ने गरेको उनले बताए।त्यस्तै उनले सर्पलाई हेरे पछि आफुलाइ खबर गर्न स्थानियहरु संग आग्रह समेत गरेको छ ।

 

यता जीतपुरसिमरा उपमहानगरपालिकाले सर्प रक्षक दिपक नेपाललाई सर्पको उदार गर्नको लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन बारम्बार निबेदन लिए पनि उपमहानगरले अहिले सम्म दिपक नेपाललाई केहि सहयोग न गरेको उनले बताएको छ । नगरपालिका भित्र एक जना मात्र सर्प रक्षक भए पनि नगरपालिकाले सर्प रक्षकको मनोबल बढाउन अहिले सम्म केहि न गरेको पाएको छ ।

प्रतिक्रिया दिनुहोस