आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ब्राजिलको अमेजोनस राज्यमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

एपी खबर २०८० भाद्र ३१, आईतबार ( २ साल अघि) १४० पाठक संख्या

रियो दि जेनेरियो– ब्राजिलको अमेजोनस राज्यमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा शनिबार विमान दुर्घटना भएको हो ।

 

अमेजोनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जालमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ। हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन्। मृतकका परिवार र आफन्तजनमा मेरो समवेदना र प्रार्थना छ।’ यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो ।

 

प्रतिक्रिया दिनुहोस