आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तान बम बिस्फोटमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

एपी खबर २०८० आश्विन १२, शुक्रबार ( २ साल अघि) १४४ पाठक संख्या

एजेन्सी : पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा आज शुक्रवार बिहान भएको विस्फोटमा परि कम्तीमा ५१ जनाकाे जनाको ज्यान गएको छ । विस्फाेटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ ।इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै विस्फोट भएको हो ।

 

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले विष्फोट गराएका बताउँदै यसको निन्दा गरेका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस