आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

युक्रेनको एक गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गयो

एपी खबर २०८० आश्विन १९, शुक्रबार ( २ साल अघि) १५७ पाठक संख्या

एजेन्सी: युक्रेनको खार्किभ दक्षिणपूर्वी एउटा गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गएको छ ।ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी रहेका बेला आक्रमण भएको बीबीसीले जनाएको छ ।आक्रमणमा एक आठ वर्षीय बालकसहित कम्तीमा ५१ जनाको ज्यान गएको युक्रेनले जनाएको छ ।

 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर सार्वजनिक गर्नुभएको छ । गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतकको सम्झनामा गाउँलेहरु श्रद्धाञ्जली सभामा रहेको र त्यहाँ आक्रमण भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस