आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इजरायल र हमासबीच गाजापट्टी क्षेत्रमा भएको गोलाबारीमा २ सय ५० जनाभन्दा धेरैको मृत्यु

एपी खबर २०८० आश्विन २१, आईतबार ( २ साल अघि) १६८ पाठक संख्या

काठमाण्डौ – इजरायल र हमासबीच गाजापट्टी क्षेत्रमा भएको गोलाबारीमा २ सय ५० जनाभन्दा धेरैको ज्यान गएको छ । आक्रमणमा परी ७ सय जनाभन्दा धेरै इजरायली नागरिक घाइते भएका छन् । प्यालेस्टाइनी लडाकू समूह हमासले हिजोदेखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो ।

 

अमेरिका, भारत, ईयूलगायत विश्व समुदायबाट यो आक्रमणको निन्दा गरिएको छ । ह्वाइट हाउसले विज्ञप्ति निकालेर अमेरिकाले घटनाको कडा एवं स्पष्ट शब्दमा निन्दा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकू समूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताउनुभएको छ।

 

युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गर्नुभएको छ । आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका देशले पनि चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस