आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

हमासद्वारा थप १७ जना बन्दी मुक्त

एपी खबर २०८० मंसिर १०, आईतबार ( २ साल अघि) ९७ पाठक संख्या

काठमाडौं– इजरायल–हमास युद्धविरामको दोस्रो दिन शनिबार हमास समूहले थप १७ जना बन्दीलाई मुक्त गरेको छ । मुक्त गरिएकामा १३ जना इजरायली र ४ जना थाइ नागरिक रहेका छन् । समाचार संस्था सिएनएनका अनुसार इजरायलले पनि ३९ प्यालेस्टिनी नागरिकलाई जेलमुक्त गरेको छ। यसअघि पहिलो दिन हमासले २४ बन्धक र इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो।

 

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी इजरायलसहित विभिन्न देशका २३० भन्दा बढी नागरिकलाई अपरहण गरी बन्धक बनाएको थियो । जसमा नेपाली विद्यार्थी विपिन जोशीमा पछि छन् ।इजरायल र हमासबीच पहिलो चरणमा ५० बन्धक र १५० जना प्यालेस्टिनी छाड्ने सहमति भएको थियो। सो सहमतिअनुसार गत शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस