आज:  २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

निशुल्क स्वास्थय शिविर सम्पन्न

AuthorAP Khabar २०७५ आश्विन १३, शनिबार ( ७ साल अघि) ७९४ पाठक संख्या

वीरगञ्ज,१३ असोज
पर्साको पोखरीया नगरपालिका ४ मा रहेको ओम पोलिक्लिनिक एण्ड डायगोनिष्टक सेन्टरको आयोजना तथा युवा बिकाश नेपालको सहयोगमा निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।स्वास्थ्य शिविरमा महिला पुरुष ,बालबालिका गरी तिन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन । स्वास्थ्य चेकजाँचमा औषधी निशुल्क उपलब्ध गराईएको हो ।भने,अल्ट्रा साउन्ड ,एक्सरे ,ल्याब परीक्षण चेकजाँचमा ५० प्रतिशत छुट गरीएको निर्देशक रवि रौनियारले बताए। स्वास्थ्य शिबिरमा पोखरीया नगरपालिका,पकाहा मैनपुर,कालिकामाई गाँउपालिका र जगरनाथपुर गाँउपालिकाका स्थानीयहरुले स्वास्थ्य चेकजाँच गराएको ओम पोलिक्लिनिक एण्ड डायगोनिष्टक सेन्टरका प्रबन्धक निर्देशक रौनियारले जानकारी दिए ।यस्तो शिबिरलाई प्रत्येक साल निरन्तरता दिने ओम पोलिक्लिनिक एण्ड डायगोनिष्टक सेन्टरले जनाएको छ ।स्वास्थ्य शिबिरमा ओम पोलिक्लिनिक एण्ड डायगोनिष्टक सेन्टरका फिजिसियन तथा हृदयरोग बिशेषज्ञ डा.बिश्वनाथ साह, बरिष्ठ प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. संयुतmा साह, मेडिकल अफिसर डा. अशोक कुमार यादव ,अनमि सबनम प्रबिन लगायतकाले स्वास्थ्य जेकजाँच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस