आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

६० किलो चाँदीसहित बाराबाट एकजना पक्राउ

एपी खबर २०८१ मंसिर २३, आईतबार ( १ साल अघि) २६१ पाठक संख्या

वीरगञ्ज – ६० किलो चाँदीसहित एक जना बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुर बस्ने ३६ वर्षका कर्म साह सोनार रहेका छन्।

 

इलाका प्रहरी कार्यालय अमलेखगञ्जको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं। २१ अमलेखगञ्जमा चेकजाँचको क्रममा सोनारलाई चाँदीसहित पक्राउ गरेको हो।

 

सोनारले चलाएर आएको प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटीको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाइ लुकाइछिपाइ लगिरहेको अवस्थामा एक करोड दुई लाख मूल्य बराबरको चाँदी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

 

चाँदीसहित सोनारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस