आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्ज र बाराका चारजना ब्राउन सुगरसहित रक्सौलमा पक्राउ

एपी खबर २०८१ मंसिर २८, शुक्रबार ( १ साल अघि) १८० पाठक संख्या

भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको एसएसबी र रक्सौल नकरदेई थाना टोलीले संयुक्त कारबाही गर्दै २।७८ ग्राम ब्राउन सुगरसहित चार नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

 

पक्राउ परेका व्यक्तिहरूको पहिचान वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीका आयुष अग्रवाल, बारा जिल्लाको नितनपुरका राम किशोर साह कानु, पर्साको रामटोलका राजेश प्रसाद यादव र पहिचान नखुलेका एक अर्का युवकको रूपमा गरिएको छ।

 

चार जनालाई लागूऔषध नियन्त्रण ऐन ९एनडीपीएस एक्ट० अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ।
यसअघि पनि सो क्षेत्रमा मादक पदार्थसहितको तस्करीको घटना सार्वजनिक भइसकेको छ। स्म्याक र ब्राउन सुगरको कारोबार तथा तस्करीका घटनाका कारण यो क्षेत्र बदनाम रहेको छ।

 

तर, हालै आएका प्रहरी प्रमुख ९एसपी० स्वर्ण प्रभातको नेतृत्वमा लगातार कारबाहीहरू भइरहेका छन्, जसले अपराधीहरूमाझ त्रास फैलाएको छ।

प्रतिक्रिया दिनुहोस