हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराले आज एक दिने निःशुल्क मुटु परिक्षण शिवीरको आयोजना गरेको छ । शनिवार सिमरा स्थित रहेको आफ्नै भवनमा यस सहकारीले शिवीरको आयोजना गरेको हो ।
साकोसको समाजिक दायीत्व अन्तरगत रहेर यस सहकारीले निशुल्क मुटु परिक्षण शिवीरको आयोजना गरेको संस्थाका ब्यवस्थापक महेश ढुङ्गलले जानकारी दिनुभयो । शिवीरमा जितपुरसिमरा उपमहानगरपालिका भित्र रहेका १ सय ९ जनाले मुटु परिक्षण गराउनुभएको ढुङ्गलले जानकारी दिनुभयो ।
जितपुरसिमरा उपमहानगरपालिका स्थित सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले प्रत्येक वर्ष समाजिक उतरदायीत्व अन्तरगत विभिन्न कार्यक्रम गर्दै आएको र यो शिवीरपनि यस वर्षको कार्यक्रमको निरन्तरता रहेको हो ।
शिवीरमा कार्डियोलोजीमा एम.डी. गर्नुभएको राधा भट्राईले मुटु चेकजाँच गर्नुभएको थियो । भने समान्य विरामी हुनेलाई सहकारीले औषधीपनि उपलब्ध गराएको थियो ।











प्रतिक्रिया दिनुहोस