आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कामपाका प्रथम मेयर पिएलको पार्थिव शरीर कांग्रेस कार्यालयमा

एपी खबर २०८१ पौष १, सोमबार ( १ साल अघि) २०० पाठक संख्या

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ।उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलिका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रासहित पार्टी कार्यालय लगिएको छ।

 

८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए। गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए।

 

२०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने। पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्।

प्रतिक्रिया दिनुहोस