आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सुदुरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

एपी खबर २०८१ पौष ७, आईतबार ( १ साल अघि) १२८ पाठक संख्या

काठमाडौं, ६ पुस। सुदुर पश्चिमले जनकपुर बोल्टसलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

 

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो।

 

सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेट अघि नै १ सय १७ रनको साझेदारी गरेको थियो।

 

सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए भने उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए।

 

त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाउन सफल भए भने ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रनमा चित्त बुझाउन बाध्य भए। यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए।

 

उता, जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १-१ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस