आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधान सेनापति सिग्देल स्वदेश फर्किए, भारतमा मानार्थ प्रधानसेनापतिकाे सम्मान

एपी खबर २०८१ पौष ९, मंगलबार ( १ साल अघि) १११ पाठक संख्या

काठमाडौं, ३० मंसीर । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् ।

 

उनलाई बालध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

 

गत मंगलबार भारतको औपचारिक भ्रमणमा गएका उनलाइ भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्लीस्थित बिशेष समारोहमा मानार्थ प्रधान सेनापति प्रदान गरेकी थिइन् ।

 

यसैगरी, प्रधानसेनापति सिग्देलले हिजो भारतीय मिलिटरी एकेडेमीमा प्रमुख अतिथिको रूपमा कवाज प्रदर्शन अवलोकन गरेका थिए ।

 

‘प्रधान सेनापति महारथी अशोक राज सिग्देल देहरादुनस्थित इन्डियन मिलिटरी एकडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भई अधिकृत क्याडेटहरुद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गर्नुभयो’ नेपाली सेनाले हिजो जनाएको थियो ।

 

त्यस्तै, प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस