आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाको ट्रेनमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ

एपी खबर २०८१ पौष १०, बुधबार ( १ साल अघि) १२२ पाठक संख्या

न्युर्योक, ९ पुस । अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन ।

 

अमेरिका जस्तो देशमा घटेको यस्तो हृदयविदारक घटनाले विश्व स्तब्ध भएको थियो । यो घटना कोनी आइल्याण्ड स्टिलवेल एभिन्यू स्टेसनमा भएको हो। महिला ट्रेनमा बसिरहेकी थिइन् ।

 

त्यही क्रममा एक व्यक्तिले आफ्नो लाइटरले ती महिलाको लुगामा आगो लगाएका थिए । यस घटनामा ग्वाटेमालाका आप्रवासी सेबास्टियन जापेटालाई प्रहरीले पक्राउ गरिएको छ ।

 

उनी सन् २०१८ मा एरिजोना हुँदै अमेरिका प्रवेश गरेका थिए । प्रहरीसँग उनको कुनै आपराधिक अभिलेख पनि छैन ।

प्रतिक्रिया दिनुहोस