आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमालेले बोलायो केन्द्रिय कमिटी बैठक, पुस २१–२२ मा बस्ने

एपी खबर २०८१ पौष ११, बिहिबार ( १ साल अघि) १३३ पाठक संख्या

काठमाडौं, १० पुस । नेकपा एमालेले केन्द्रिय समितिको बैठक बोलाएको छ ।

 

आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रिय समितिको बैठक पुस २१ र २२ गतेका लागि बोलाएको हो ।

 

बुधबार बसेको एमाले सचिवालय बैठकले चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदनलगायतका बिषय केन्द्रीय कमिटीमा छलफलका लागि  एजेण्डा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस