आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

एपी खबर २०८१ पौष १५, सोमबार ( १ साल अघि) १०७ पाठक संख्या

काठमाडौं, १४ पुस । राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक बन्ने भएको छ ।

 

जसका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालीक बनाउने आज घोषणा गरेका छन् ।

 

महानगरपालिकाको जारी १६ औं अधिवेशनमा प्रमुख शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

 

सिंहको गत १ पुसमा निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो महानगर प्रमुखका रुपमा सिंह निर्वाचित भएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस