आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अन्तिम खेलमा जावालखेलको जीत

एपी खबर २०८१ पौष १५, सोमबार ( १ साल अघि) १३१ पाठक संख्या

जावलाखेल युथ क्लबले अन्तिम खेलमा जीत हासिल गरेको छ ।

 

ललित स्मृति एन्फा यु–१८ युथ लिगको आफ्नो अन्तिम खेलमा सातादोबोटो युथ क्लबविरुद्ध २–० को जित हासिल गरेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय मैदानमा जावलाखेलले सो जीत हासिल गरेको हो ।

 

जावालाखेलको जीतका लागि दुवै गोल विवस दर्लामीले गरेका हुन । खेलको २१औं मिनेटमा विवसको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो भने मध्यान्तर पछि ६७औं मिनेटमा दिवसले नै टोलीको अग्रता दोब्बर बनाउन सफल भए । तर, जवाफमा सातदोवाटोले कुनै गोल गर्न सकेन ।

 

जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस