आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

होटल क्षेत्रलाई उद्योगको रुपमा अघि बढाउन सरकारले काम गरिरहेको छः प्रधानमन्त्री ओली

एपी खबर २०८१ माघ २, बुधबार ( १ साल अघि) १५४ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले होटल क्षेत्रलाई उद्योगको रुपमा अघि बढाउन सरकारले काम गरिरहेको बताएका छन् ।

 

बुधवार काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

 

उनले सरकारले होटललाई इण्डस्ट्रीको रुपमा बुझेको र सोहीअनुसार काम अघि बढाइरहेको बताए। उनले होटलको विकाससँगै पर्यटन क्षेत्र पनि चलायमान बन्ने बताए।

 

उनले अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेल स्थापनाले नेपालमा होटल इण्डस्ट्रीको विकासक्रम अघि बढेको प्रमाण भएको बताए।

 

उनले भने, ‘हामीले होटललाई इण्डस्ट्रीको रुपमा बुझेका छौँ र इण्डस्ट्रीको रुपमा यसलाई सुरक्षा र यसको विकासमा मद्दत गर्नुपर्छ भन्नेकुरा पनि हामीले बुझेका छौँ । यसबाट हाम्रो टुरिजम सेक्टर लगायतका कुराहरु अघि बढ्नेछन् ।

 

यसले हाम्रो विश्व सम्बन्धमा विभिन्न ढंगले सकारात्मक प्रभाव पार्नेछ । यो होटल स्थापनाको अर्थ एउटा होटल स्थापनाको क्रममा एउटा होटल बढ्यो भन्ने मात्रै होइन ।

 

यसले नयाँ सिलसिला शुरु गरेको छ । नेपालमा होटल इण्डस्ट्रीको विकासक्रम अगाडि बढ्छ भन्नेकुराको अझ बढी विश्वास दिलाएको छ । यसले होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुनेछ ।’

 

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटनसँगै होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गररे।

प्रतिक्रिया दिनुहोस