आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आरआर क्याम्पसमा स्ववियु चुनाव स्थगित

एपी खबर २०८१ चैत्र ५, मंगलबार ( ११ महिना अघि) १२३ पाठक संख्या

काठमाडौं प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस ९आरआर०मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ। आरआर क्यामपसमा आज चुनाव तय भएको थियो।

 

सोमबार मध्यराति नेकपा ९एमाले०निकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले विद्यार्थी परिचयतपत्रमा कैफियत देखाउँदै तालाबन्दी गरेका थिए।

 

चुनाव हुने दिन बिहान क्याम्पसको निर्वाचन समितिले स्ववियू चुनाव स्थगित गरेको बताएको छ। विद्यार्थी संगठनसँगको छलफलपछि अर्को मिति तोकिने निर्वाचन समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस