आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

एसईई स् ५ लाख विद्यार्थी, २ हजार केन्द्र, ७७ हजार कर्मचारी

एपी खबर २०८१ चैत्र ५, मंगलबार ( ११ महिना अघि) १४० पाठक संख्या

यसपटकको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को तयारी पूरा भएको छ। परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन्।

 

एसईई भोलि ७ चैत को बिहान ८ बजेदेखि सुरु हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक देशभर २ हजार ८० परीक्षा केन्द्र रहनेछन्। जापान, केन्द्रीय कारागार सुन्धारा र दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन्।

 

परीक्षामा समन्वयका लागि ७७ हजार ८०० कर्मचारी खटिएका छन्। जसमा ३० हजार सुरक्षाकर्मी छन्। बोर्डका अनुसार प्रश्नपत्र छापेर जिल्ला–जिल्लामा पठाइसकिएको छ। र केन्द्राध्यक्ष र सुपरिवेक्षक छनोट भइसकेका छन्। प्रवेश–पत्र वितरण पनि सुरु भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले परीक्षामा बेथिति अन्त्य गर्न निर्देशन दिँदै सबैलाई समन्वय गरेर काम गर्न आग्रह गरेकी छिन्।

 

परीक्षामा काठमाडौँबाट सबैभन्दा बढी विद्यार्थी ३९ हजार ६०० सहभागी हुनेछन् भने मनाङमा सबैभन्दा कम विद्यार्थी ४३ जना रहेका छन्। परीक्षामा २७ करोड ७० लाख खर्च हुने अनुमान गरिएको छ। जसको १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुनेछ।

 

५ वर्षदेखि जापानमा पनि परीक्षा केन्द्र सञ्चालन भइरहेको छ। एभरेस्ट स्कुलका २९ विद्यार्थी एसईई दिने बोर्डले जनाएको छ। परीक्षाका लागि नेपाली दूतावाससँग सहकार्य गरिएको छ। बोर्डको भनाइमा असार ७ गतेमा परीक्षा नतिजा सार्वजनिक हुनेछ।

प्रतिक्रिया दिनुहोस