आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

एपी खबर २०८१ चैत्र ७, बिहिबार ( ११ महिना अघि) १४१ पाठक संख्या

एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी०सँग सहकार्य गर्दै र युरोपियन युनियनको एक्सिस कार्यक्रमको सहयोगमा तीन दिने तालिम सञ्चालन गरेको छ।

 

तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरूस ऊर्जा, कृषि व्यवसाय, र एसमई ९साना तथा मध्यम उद्यम० क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो।

 

नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा ईएसजी ९पर्यावरणीय, सामाजिक र सुशासन० अभ्यासलाई समाहित गर्न जोड दिए।

 

जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउने बैंकले जनाएको छ।

 

आईएफसीका विशेषज्ञ र स्थानीय परामर्शदाताबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यवसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृतहरू र ग्राहक गरी ९० जना सहभागी भए।

 

उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको छ।

 

यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसका ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ।

 

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस