आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौँ जिल्ला अदालतको आदेशविरूद्ध रविले हाले निवेदन, सरकारको लाज छोप्न अदालत धाइरहेको भनाइ

एपी खबर २०८१ चैत्र ८, शुक्रबार ( ११ महिना अघि) २८५ पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्।

 

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले सुनाएको आदेशलाई चुनौती दिँदै लामिछानेले उच्च अदालतमा निवदेन दिएका हुन्।

 

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले साठी लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थिए।

 

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।

 

पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने पुग्ने जानकारीपछि रास्वपा कार्यकर्ताहरु अदालत बाहिरको मुख्य सडकमा जम्मा भएका थिए। यस क्रममा लामिछानेले आफूले बोल्ने समय छिट्टै आउने भन्दै आफुले बोलेपछि धेरैको बोली बन्द हुने बताए।

उनले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको टिप्पणी समेत गरे। लामिछानेले यो देशको भविष्य युवाहरुको हातमा आउँदै गरेको भन्दै गम्भीर हुने समय रहेको जिकिर गरे।

 

लामिछानेले अब चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले माघ २४ गते ५४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्रै उच्च अदालतमा फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन दिन बाँकी छ।

 

लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन्। पर्साको सानो पाइला सहकारीको बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि अहिलेसम्म मुद्दा दर्ता भने गरिएको छैन।

प्रतिक्रिया दिनुहोस