आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बिक्यो ट्विटरको ‘निलो चरो’

एपी खबर २०८१ चैत्र ९, शनिबार ( ११ महिना अघि) १३३ पाठक संख्या

ट्विटरको चर्चित ‘निलो चरो’ लोगो बिक्री भएको छ।

ट्विटरका मालिकले एलन मस्कले यसको नाम र लोगो परिवर्तन गरेर एक्स राखेसँगै अमेरिकाको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा लोगो लिलामीमा राखिएको थियो।

 

करिब २५४ किलो तौलको र १२ फिट लामो तथा ९ फिट चौडाइ रहेको यो लोगो ३४ हजार ३७५ अमेरिकी डलर ९झण्डै ४७ लाख नेपाली रुपैयाँ०मा बिक्री भएको छ।

 

कम्पनीले खरिदकर्ताबारे भने खुलाएको छैन।

सन् २०२२ मा इलोन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेका थिए।

प्रतिक्रिया दिनुहोस