राप्रपाले नेता दिपक बोहराको निधनमा तीन दिन शोक मनाउने भएको छ । पार्टीका संस्थापक सदस्य रूपन्देही क्षेत्र न।३ का प्रतिनिधिसभा सदस्य बोहराको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । पार्टी केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले वरिष्ठ नेता बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
बोहराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको पार्टी बैठकको निष्कर्ष रहेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै पार्टीले तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाइने श्रेष्ठले बताए । त्यस्तै, तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगरिने समेत उनले जनाए ।
नेता बोहोराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँदो २ बजेदेखि चाबहिलस्थि पार्टी कार्यालयमा राखिने र त्यसपछ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।











प्रतिक्रिया दिनुहोस