आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बाराबाट ११ किलोभन्दा बढी चरेससहित एक जना पक्राउ

एपी खबर २०८१ चैत्र २३, शनिबार ( ११ महिना अघि) २७० पाठक संख्या

बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थितबाट ११।६८ किलो लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकल र लागुऔषध चरेससहित मकवानपुरको थाहा नगरपालिका–६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा मोटरसाइकलबाट ठूलो परिमाणमा चरेस बरामद भएको बारा प्रहरीले जनाएको छ ।

 

हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा ४८ प ९३३ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । तौल गर्दा प्लास्टिक सहित उक्त लागुऔषधको तौल ११।६८ किलो रहेको पुष्टि भएको छ।

 

पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस